जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात रित्तै

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात रित्तै

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीको हात रित्तै बनाएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लभांश नदिने निर्णय गरेको हो ।

बुधबार बसेको कम्पनीको १२ औँ सञ्चालक समितिको बैठकले फागुन २० गते २६ औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । जसमा लाभांश उल्लेख गरिएको छैन । तसर्थ यस पटक कम्पनीले सेयरधनीलाई लाभांश दिने छैन ।

कम्पनीले साधारणसभाबाट सञ्चालकले पाउने बैठक भत्ता तथा अन्य सेवा सुविधामा पुनरावलोकन गर्ने, समाजिक उत्तरदायित्व अन्तर्गतका खर्च अनुमोदन गर्ने तथा सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ ।

कम्पनीले फागुन १० गतेदेखि २० गतेसम्म सेयर दाखिला खारेज दर्ता बन्द राख्नेछ ।

640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका