जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकले रु. ३ अर्बको ऋणपत्र ल्याउने, कति पाइन्छ ब्याज ?

सिटिजन्स बैंकले रु. ३ अर्बको ऋणपत्र ल्याउने, कति पाइन्छ ब्याज ?

सिटिजन्स बैंक इन्टरनेसनलले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन प्रक्रिया अगाडि बढाएको छ।

सिटिजन्स बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ऋणपत्र ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो बैंकले सिटिजन्स बैंक डिबेन्चर–२०९० जारी गर्नेछ।

सिटिजन्स बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्।

सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

2800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?