![आरविवि म्युचुअल फण्ड-१ को बैशाख महिनामा धितोपत्रमा भएको लगानी मूल्य बढ्यो](https://aarthikbazarnews.com/wp-content/uploads/2020/06/RBB-1024x459.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड—१ को बैशाख महिनामा धितोपत्रमा भएको लगानीको मूल्य बढेको छ । चैत मसान्तसम्म रू. ५३ करोड २६ लाख ६८ हजार रहेको धितोपत्रमा भएको लगानीमूल्य वैशाख मसान्तसम्म रू. ६० करोड २१ लाख २२ हजार पुगेको हो ।
लगानीको बजारमूल्य बढेपछि योजनाले गरेको लगानीको परलमूल्य भन्दा बजारमूल्य कमनै रहेको छ । वैशाख मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसन सहित रू. ७३ करोड १२ लाख २५ हजार रहेको छ । यस अवधिसम्म बैंकको मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख रहेको छ ।
वैशाख मसान्तसम्म योजनाको प्रति इकाई खुद मूल्य रू. ९ दशमलव ४१ छ । यो मूल्य चैत मसान्तसम्म रू. ९ दशमलव ४२ थियो । यस अवधिसम्म योजना रू. ७ करोड ३७ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । बन्दुमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।