जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • राष्ट्र बैंक संचालक समितिमा नियु्क्त सदस्यद्वय सिवाकोटी र आचार्यले लिए पद तथा गोपनियताको सपथ

राष्ट्र बैंक संचालक समितिमा नियु्क्त सदस्यद्वय सिवाकोटी र आचार्यले लिए पद तथा गोपनियताको सपथ

नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन्। सदस्यद्वयले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सपथ लिएका हुन्।

सरकारले ६ जेठ मन्त्रिपरिषद बैठकबाट निर्णय गर्दै यी सिवाकोटी र आचार्यलाई राष्ट्र बैंक संचालक समिति सदस्यमा नियुक्त गरेको थियो।
समिति सदस्यमा नियुक्त सिवाकोटी र आचार्य दुवै राष्ट्र बैंककै क्याडर हुन्।

पूर्वडेपुटी गभर्नर सिवाकोटीले त्रिभुवन विश्वविद्यालयबाट र अमेरिकाको साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

यस्तै, आचार्यले भारतको युनिभर्सिटी अफ नर्थ बंगालबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

4825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका