जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सानिमा बैंकका ग्राहकले ०% किस्तामा सामसुङको स्मार्टफोन किन्न पाउने

सानिमा बैंकका ग्राहकले ०% किस्तामा सामसुङको स्मार्टफोन किन्न पाउने

सानिमा बैंकका ग्राहकले शुन्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने भएका छन् ।

बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच यससम्बन्धी सम्झौता समेत भएको छ ।

सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा खरिद गर्न पाउने बैंकले जानकारी दिएको छ ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिका लागि प्रि-बुकिङ गर्न सक्नेछन् ।

यसका साथै प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । यसका लागि भदौ २० गतेबाट प्रि-बुकिङ शुरु भएको छ भने उक्त मोबाइल फोनको औपचारिक लञ्च असोज ६ गते हुनेछ ।

प्रि-बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नुहुनेछ । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेवसाइटबाट पनि आवेदन दिन सकिन्छ ।

4650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका