जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खड्का एनआईसी एशिया बैंकको सहायक महाप्रबन्धक

खड्का एनआईसी एशिया बैंकको सहायक महाप्रबन्धक

नेपाली बैंकिङ्ग इतिहासमा बैंकका कर्मचारीहरु एउटा बैंकबाट अर्को बैंक जाने परम्परा नै बनेको छ । राम्रा ठूला वाणिज्य बैंकहरुले राम्रा छवि बनाएको कर्मचारी तान्ने चलन नौलो भने होइन ।

दुईवटा वाणिज्य बैंकमा काम गरिसकेका रञ्जन खड्का नेपालकै ठूलो शाखा सञ्जाल र ग्राहक भएको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकका रुपमा माघ १ गतेबाट हाजिर हुने भएका छन् ।

नेपालको पूरानो बैंक एभरेष्ट बैंक लिमिटेडबाट २१ वर्ष अगाडी सहायक पदबाट बैकिङ्ग करियर शुरु गरेका खड्कासंग बलियो जनसम्पर्क छ । उनी बैकिङ्ग क्षेत्रमा राम्रो छवि बनाएका केही बैकरहरु भित्र पर्दछन् ।

एभरेष्ट बैंकमा २१ वर्ष विताएका खड्का २ वर्ष अगाडी सेञ्चुरी कर्मशियल बैंक लिमिटेडमा प्रमुख बजार अधिकृतका रुपमा काम गरेक थिए । उनी पौष २९ गते सेञ्चुरी बैंकबाट बिदाई भएका छन् । बैकिङ्ग बजारमा खड्का बजार विज्ञकै रुपमा केही बैंकर भित्र पर्दछन् भन्दा फरक नपर्ला ।

सेञ्चुरी बैंक लिमिटेडको प्रमुख बजार अधिकृतका रुपमा काम गरेका खड्काले सेञ्चुरी बैंकलाई चिनाउने काम मात्रै गरेनन् बैंकको ब्राण्ड नै बनाउने काम गरे । सानैदेखि खेलकुदमा रुचि राख्ने खड्का पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत हुन् ।
खड्कालाई हाम्रो पनि सफल कार्यकालको शुभ–कामना ।

8560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?