

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको साधारण विशेष साधारणसभा गर्न लागेको छ ।
कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एकआपसमा गाभ्ने प्रयोजनका लागि साधारणसभा गर्न लागेको बताएको छ ।
साधारणसभा आगामी असार २ गते हुने भएको छ। कम्पनीले एभरेष्ट इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने वा गाभिने प्रयोजनका लागि विशेष प्रस्तावसहित विशेष साधारणसभा राखेको कम्पनीले जनाएको छ ।
साथै, वैशाख २३ गते मर्जर प्रक्रिया सुरु भएदेखि नै यी दुई कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । जेठ २५ गतेसम्म शेयरधनी लगत किताबमा नाम रहेका सबै धेयरधनीहरुले विशेष साधारणसभामा उपस्थित हुन सक्ने कम्पनीले जनाएको छ।
मर्जर भएपछि बन्ने संयुक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ नजिक पुग्नेछ। अहिले एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब रुपैयाँभन्दा थोरै बढी छ भने हिमालयनको एक अर्ब १७ करोड हाराहारी छ।