जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ६ लाखमाथि मात्र कर लाग्ने भएपछि कम्तिमा साढे १८ हजार रुपैयाँ तलब बढ्यो

६ लाखमाथि मात्र कर लाग्ने भएपछि कम्तिमा साढे १८ हजार रुपैयाँ तलब बढ्यो

सरकारले साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर ६ लाख रुपैयाँ पुर्‍याइदिएको छ। यससँगै साढे चार लाखमाथि १०, २०, ३० र ३६ प्रतिशतसम्म कर तिरिरहेकाहरुको आम्दानी बढ्ने देखिएको छ।

यो व्यवस्था साउन १ गतेबाट लागू हुने छ। अहिले साढे चार लाख कमाउनेले ४५ सय रुपैयाँ कर तिरे पुग्छ। साउन १ गतेबाट ६ लाख रुपैयाँसम्म कमाउने १ प्रतिशत मात्र अर्थात ६ हजार रुपैयाँ तिरे पुग्छ।

उदाहरणका लागि आज वार्षिक तलब ६ लाख हुनेले २४ हजार ५०० रुपैयाँ कर तिर्नु (१ प्रतिशत साढे ४ लाखमा र १० र २० प्रतिशत बाँकी १ लाख र अर्को ५० हजारमा) पर्छ। अब भने उत्तिकै आय भएकाहरुले ६ हजार मात्र तिर्नु पर्नेछ, जुन १ प्रतिशत मात्र हो। अब वार्षिक आय १८ हजार ५०० रुपैयाँले बढ्ने छ।

अब ६ देखि ८ लाख रुपैयाँ तलब खानेले एक प्रतिशतसहित अर्को १० प्रतिशत आयकर बुझाउनु पर्छ। पहिले २० प्रतिशतसम्म पुग्थ्यो। यसो हुँदा उसको वार्षिक आय आगामी वर्षदेखि ४३ हजार ५०० रुपैयाँले बढ्ने भएको छ।

अब ८ लाखदेखि ११ लाखसम्म पुगेको आयमा (अतिरिक्त तीन लाख) २० प्रतिशत कर लाग्छ। पहिले ३० प्रतिशत छुन्थ्यो। यस हिसाबले ११ लाखसम्म आम्दानी गर्नेको वार्षिक आय ७३ हजार ५०० रुपैयाँले बढ्ने छ।

अब ११ देखि २० लाखसम्मको आय (अतिरिक्त ९ लाख) मा ३० प्रतिशत कर लाग्छ। यसो हुँदा उसको वार्षिक आय ७३ हजार ५०० रुपैयाँले बढ्ने छ। २० लाखभन्दा माथिकोले ३६ प्रतिशत आय कर तिर्नु पर्ने व्यवस्था भने यथावत छ।

वार्षिक करयोग्य आयमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, ४० हजार रुपैयाँ वार्षिक प्रिमियमको बीमा, सामाजिक सुरक्षा कोष र घरबीमा लगायत गरिएको छ भने आयकर तिर्नुपर्ने रकम अझ कम हुन्छ।

5650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका