जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बीमा प्राधिकरणको अध्यक्षमा पोखरेल

बीमा प्राधिकरणको अध्यक्षमा पोखरेल

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई तोकेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो।

प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताका विषयमा अध्ययन गर्न न्यायिक छानबिन समिति गठन भएसँगै निलम्बनमा परेका थिए। ओझा निलम्बनमा परेपछि सरकारले पोखरेललाई अध्यक्ष तोकेको हो।

मन्त्रिपरिषदले एक महिनाको समय दिएर उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको हो। समितिको सिफारिस अनुसार ओझामाथि सरकारले निर्णय गर्नेछ।

ओझा गत फागुन १२ गते अध्यक्ष नियुक्त भएका थिए। नियुक्त भएको साढे चार महिनामै छानबिनमा तानिएर निलम्बनमा परेका हुन्।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका