जोडिनुहोस
सोमवार, चैत्र १०, २०८१
सोमवार, चैत्र १०, २०८१

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

एभरेष्ट बैंकले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

एभरेष्ट बैंक लिमिटेडले २० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ६ वर्षे परिपक्व अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो। 

‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नाम दिइएको उक्त ऋणपत्रमा बै‌ंकले लगानीकर्तालाई वार्षिक १०.५ प्रतिशत व्याज दिने जनाएको छ।

सो ऋणपत्र निष्कासन अनुमति माग गर्दै बैंकले जेठ ११ मा नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो। उक्त ऋणपत्र निष्कासन अनुमति पाएपछि बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका कुल २० लाख थान ऋणपत्र जारी गर्ने भएको हो।

जारी गर्न लागिएको कुल ऋणपत्र कित्तामध्ये १२ लाख कित्ता संस्थागत लगानीकर्तालाई र ८ लाख कित्ता अन्य सर्वसाधरणलाई बिक्री गर्ने योजना बनाएको छ। 

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।

4140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका