जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • इसेवाले घोषणा गर्‍यो महाउत्सव, कारोबार गर्दा नामी कारदेखि आइफोन १६ जित्ने अवसर

इसेवाले घोषणा गर्‍यो महाउत्सव, कारोबार गर्दा नामी कारदेखि आइफोन १६ जित्ने अवसर

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर ‘इसेवा महाउत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले चिनियाँ विद्युतीय कार नामी जिन्नेछन्।

कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकताअनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्नुपर्नेछ।

यससँगै १०० रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ जित्न सक्ने कम्पनीले जनाएको छ। १०० रुपैयाँमा खेलिने खेलको रकम प्रयोगकर्ताहरुले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउने कम्पनीले जनाएको छ।

त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिने कम्पनीले जनाएको छ। दैनिक अफर अन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि ‘फ्ल्यास सेल’को अफर घोषणा हुनेछ। सो फ्ल्यास सेलामा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्।

साप्ताहिक अफरमा भने हरेक हप्ताको मंगलबार इसेवाका विभिन्न सेवाहरु जस्तै मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ।

2115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्