जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकद्धारा संस्कृत शिक्षा प्रदान गर्न पाँच लाख सहयोग

सिटिजन्स बैंकद्धारा संस्कृत शिक्षा प्रदान गर्न पाँच लाख सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गलेश्वर आश्रम देवघाटधाम लाई रकम हस्तान्तरण गरेको छ । तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको  गलेश्वर आश्रम, देवघाटधामलाई सिटिजन्स बैंकले दुई चरणमा गरि जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो ।

संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यस अघि नगद तीन लाख रुपैयाँ रकम प्रदान गरिसकेको छ । यसका साथै हाल भवन निर्माणको कार्य प्रगतिको निरिक्षण पश्चात बाकी रकम दुई लाख उपलब्ध गराएको हो । गुरुकुल शिक्षा मार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पु¥याउदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

साथै सिटिजन्स बैंक सम्सी शाखाले जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका