जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रस होल्डिङ भएका २ दर्जन बीमा कम्पनीहरु मर्जरमा अब जानै पर्नेः नत्र कारवाहीको भागेदारी बन्ने !

क्रस होल्डिङ भएका २ दर्जन बीमा कम्पनीहरु मर्जरमा अब जानै पर्नेः नत्र कारवाहीको भागेदारी बन्ने !

बीमा कम्पनीहरुको नियमनकारी बीमा समितिले चुक्तापूँजी बढाउने योजना सार्वजनिक गरेसंगै अधिकाशं बीमा कम्पनीहरुले अब मर्जरकै बाटो रोज्नु पर्ने देखिन्छ । एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले मर्जरको सम्झौता गरिसकेका छन् । यस्तै प्राइमलाईफ, गुरास लाईफ र यूनियन लाईफ इन्स्यारेन्स कम्पनीले पनि मर्जरको सम्झौता गरिसकेका छन् । तर, नयाँ स्थापना भएका आँधा दर्जन लाईफ र ननलाईफ बीमा कम्पनीहरुले पूँजी बृद्धिका योजना बीमा समितिमा पेश गरेपनि मर्जरको सम्झौता गरेका छैनन् । भनिन्छ असार मसान्त भित्र १ दर्जन जीवन र निजीवन बीमा कम्पनीहरुले मर्जरको सम्झौता गर्दैछन् ।

बीमा समितिले मर्जरको दबाब दिन क्रस होल्डिङ भएका १ दर्जन भन्दा बढि कम्पनीहरुलाई मर्जरमा लैजाने रणनीति अगाडी ल्याएको देखिन्छ । दर्जनौ बीमा कम्पनीहरुमा चर्को लगानी गरेको विशाल समूहका जगदिस प्रसाद अग्रवाल, चन्द्र प्रसाद ढकाल र शशिकान्त अग्रवालका जीवन र निजीवन बीमा कम्पनीहरु अब मर्जरमा जानैपर्ने देखिन्छ । यस्तै कुमारी बैंकले ४ वटा बीमा कम्पनीमा लगानी गरेको छ । उसले पनि मर्जर गर्नैपर्ने बाध्यता छ भन्दा अब फरक पर्दैन । यस्तै प्रभू गु्रपको लगानी भएका ३ वटा कम्पनीहरुले पनि अब मर्जर गर्नै पर्ने बाध्यता नआउला भन्न सकिदैन् ।

एलआइसी नेपालमा विशाद ग्रुपको २५ प्रतिशत, नेपाल लाइफमा १४ प्रतिशत र सूर्या लाइफमा ३० प्रतिशत लगानी रहेको भेटिएको छ । कुमारी बैंकले लुम्बिनी जनरल, जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आईएमई जनरल इनस्योरेन्समा लगानी देखिन्छ । अजोड इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्समा रामकाजी श्रेष्ठको लगानी देखिन्छ ।

बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल आएपछि बीमा कम्पनीहरु धर्मसंकटमा फसेका छन् भन्दा अब फरक पर्दैन । अध्यक्ष सिलवालले क्रस होल्डिङ भएका कम्पनीहरुको अध्ययन भईरहेको र अब उनीहरुलाई बाध्यकारी मर्जर गराउने योजना लिएको बताए । बीमा समितिका अध्यष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीमा रहेको क्रस होल्डिङ हटाउनु पहिलो प्राथमकिता रहेको बताएका थिए । अध्यक्ष सिलवाल बीमा समितिमा आउनु अगावै पनि समितिले कम्पनीहरूमा भएको क्रस होल्डिङको अध्ययनमा जुटेको थियो । बीमा कम्पनीहरूमा रहेको क्रस होल्डिङको विवरण तयार पार्न समितिले केही वर्षदेखि नै अभ्यास भने गरिरहेको थियो । तर, क्रस होल्डिङको परिपक्व विवरण भने तयार पार्न सकेको थिएन । भन्दा फरक पर्दैन ।

लामो समयदेखि कम्पनीहरूमा रहेको क्रस होल्डिङको तथ्यांक अध्ययन गरिरहेको समितिले बल्ल क्रस होल्डिङ भएका कम्पनीहरूको नाम सार्वजनिक गरेको छ भन्दा फरक पर्दैन । समितिकाअनुसार विशाल ग्रुपले एलआइसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र सूर्या लाइफका लगानी गरेको छ । एलआइसी नेपालमा विशाद ग्रुपको २५ प्रतिशत, नेपाल लाइफमा १४ प्रतिशत र सूर्या लाइफमा ३० प्रतिशत लगानी रहेको भेटिएको छ । कुमारी बैंकले लुम्बिनी जनरल, जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आईएमई जनरल इनस्योरेन्समा लगानी देखिन्छ । अजोड इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्समा रामकाजी श्रेष्ठको लगानी देखिन्छ । अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, रिलायल नेपाल लाइफ र आइएमई लाइफमा सेन्चुरी बैंक र ग्लोबल आईएमई बैंकको लगानी देखिन्छ ।

शिखर र यूनाइटेड इन्स्योरेन्समा शशिकान्त अग्रवाल र उनका परिवारको, गुराँस, लुम्बिनी जनरल, सगरमथा इन्स्योरेन्स र सानिमा लाइफमा सन राइज बैंकको लगानी रहेको समितिले जनाएको छ । एभरेष्ट इन्स्योरेन्समा लक्ष्मी बैंक, प्राइम लाइफ, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र प्रभु लाइफमा यूनाइटेड डिष्ट्रिव्युटरको लगानी रहेको देखिन्छ । प्रभु इन्स्योरेन्समा प्रभु ग्रुपको लगानी छ । नेपाल इन्स्योरेन्स र आईएमई जनरलको लगानी भेटिएको छ । बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ मा एउटै लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ । समितिद्धारा जारी उक्त निर्देशिकाअनुसार एउटा लगानीकर्ता वा एकाघरका सदस्यको नाममा १५ प्रतिशत भन्दा बढि लगानी गर्न पाईंदैन । भन्दा फरक पर्दैन । यस्तै, एउटा कम्पनीमा १५ प्रतिशत लगानी गरेका लगानीकर्ताले उस्तै प्रकृतीको अर्को बीमा कम्पनीमा एक प्रतिशतभन्दा बढी लगानी गर्न नपाईने व्यवस्था निर्देशिकाले गरिदिएको देखिन्छ ।

बीमा समितिले एउटा संस्थामा १५ प्रतिशत सेयर रहेको व्यक्ति तथा समूहको अर्को संस्थामा १ प्रतिशतभन्दा बढी भएमा त्यसलाई हटाउनका लागि २ वर्षको समय दिएको थियो । भन्दा फरक पर्दैन । बीमा समितिले क्रस होल्डिंग भएका कम्पनीहरुलाई आपसमा मर्जरमा जान दवाव दिँदै आएको देखिन्छ । यदि मर्जर नगरे क्रम होल्डिङका कम्पनीहरुलाई जबरजस्ती मर्जमा जान निर्देशन दिने तयारी बीमा समितिले गर्ने देखिन्छ । सचेत भया ।

3880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका