जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एशियन लाइफले घोषणा गर्यो नयाँ बोनसदर

एशियन लाइफले घोषणा गर्यो नयाँ बोनसदर

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले जारी गरेको सूचनामा भनिएको छ– यस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अर्थिक बर्ष २०६७।७७ को आर्थिक स्थितिको लेखाजोखा र दायीत्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन  बीमा समितिबाट मिति २०७८।०७।०३ को पत्रबाट स्वीकृत भए अनुसार यस कम्पनीले मुनाफामा सरिक हुने गरी बोनश दिने गरी जारी गरेका जीवन बीमालेखाहरुमा निम्न तालिकामा उल्लेख बोनश दर मृत्यु दाबी, पूर्ण वा आशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखामा समेत लागु हुनुका साथै बीमा समितीबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभए सम्मको लागी यस कम्पनीले भुक्तानी गर्न उल्लेखित दाबीहरुमा समेत सोही बोनश दर कायम हुने ब्याहोरा सम्वन्धित सबैमा जानकारी गराइन्छ ।    

कम्पनीले सार्वजनिक गरेको बोनस तालिका अनुसार सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर रहेको छ । कम्पनीको यस बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर घोषणा गरेको छ । त्यस्तै, बालबालिकाको सावधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ६० रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।  

कम्पनीका अनुसार सावाधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ६० रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष अवधिको लागि ४४ रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रति हजार ४४ रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रति हजार ५८ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।   

नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेखमा न्युनतम ३२ रुपैयाँदेखि ५८ रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ५८ रुपैयाँसम्म बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।  

5755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका