जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सिद्धार्थ बैंकको अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

सिद्धार्थ बैंकको अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ। अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्ने छन्।

यसका लागि बैंकको वेबसाइटमा (EasyBank>Demat Services>Demat Account) वा सोझै “https://onlinedemat.siddharthacapital.com/ मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्ने छन्।

ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरो शेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन्। पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिजस्थितिमा डिम्याट खाता खोल्नेछ।

डिम्याट खाता खोलीसके पश्चात् ग्राहकहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिनभित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइने बैंकले जनाएको छ।

4900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका