जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विदेश भ्रमणमा राष्ट्र बैंकका कर्मचारीको ताँती

विदेश भ्रमणमा राष्ट्र बैंकका कर्मचारीको ताँती

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय कक्षतर्फ हेर्दा विदेश जानेहरूको लर्काे देखिन्छ । विमानस्थल खचाखच देखिन्छ । विभिन्न कामको सिलसिलामा दैनिक विदेश जाने हजारौं नेपाली छन् । अधिकांश नेपालीको सपना छ, एकपटक विदेश जाने ।

तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन् । नेपाल राष्ट्र बैंकका कर्मचारीहरूमा पनि विदेश मोह प्रत्येक वर्ष बढ्दै गएको देखिएकाे छ। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय सभा, बैठक तथा कार्यक्रमहरूमा सहभागी हुनका लागि राष्ट्र बैंकबाट विदेश जाने कर्मचारीको संख्या बढ्दो छ ।

राष्ट्र बैंकबाट एक वर्षमै ४२२ पटकसम्म कर्मचारीहरू विदेश भ्रमणमा गएको तथ्यांक सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७९/८०मा ४२२ पटकसम्म अन्तर्राष्ट्रिय सभा, बैठक तथा कार्यक्रमहरूमा कर्मचारीहरूको सहभागिता रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्ष राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ८ पटकसम्म विदेश भ्रमण गएका हुन् । यस्तै, डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रले ९ पटकसम्म विदेश भ्रमण गरेका छन् । यस्तै, राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्दै सञ्चालकहरूले एकपटक विदेश भ्रमण गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, कार्यकारी निर्देशकहरू २८ पटक, निर्देशकहरू ५७ पटक, आईटीतर्फका निर्देशकहरू ६ पटक, उपनिर्देशकहरू १२५ पटक, आईटीतर्फका उपनिर्देशकहरू ८ पटक, मेकानिकलतर्फका उपनिर्देशकहरू १ पटक, सहायक निर्देशकहरू १२३ पटक, सहायक निर्देशकहरू (आई.टी.)तर्फ एक पटक विदेश भ्रमण गएका हुन् ।

यसैगरी, हेड असिस्टेन्ट ५० पटक, हेड असिस्टेन्ट (आई.टी.)तर्फ १ पटक, असिस्टेन्ट १ पटक, असिस्टेन्ट (आई.टी)तर्फ २ पटक, एक्टिङ असिस्टेन्ट डाइरेक्टर १ पटक विदेश भ्रमणमा गएका राष्ट्र बैंकले जनाएको छ ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ७३ पटकसम्म विदेश भ्रमण गएका थिए । यस वर्ष उच्च तहका अधिकारीहरू ३ पटक, कार्यकारी निर्देशकहरू १५ पटक, निर्देशकहरू १२ पटक, उपनिर्देशकहरू २० पटक र सहायक निर्देशकहरू तथा अन्य कर्मचारी २३ पटक विदेश भ्रमणमा गएका थिए ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?