जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बीमा कम्पनीले अभिकर्तालाई वितरण गर्ने कमिशन र इन्सेन्टिभ रकम प्रणालीमा राख्नुपर्ने

बीमा कम्पनीले अभिकर्तालाई वितरण गर्ने कमिशन र इन्सेन्टिभ रकम प्रणालीमा राख्नुपर्ने

अबदेखि बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई वितरण गर्ने गरिएको कमिशन र इन्सेन्टिभ बोनस सफ्टवेयर प्रणालीमा राख्नु पर्ने भएको छ ।

बीमा समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरूलाई अभिकर्तालाई प्रदान गर्ने गरिएको कमिशन र इन्सेन्टिभ बोनस रकमलाई पारदर्शी बनाउन निर्देशन दिएको हो ।

समितिकाअनुसार अबदेखि १९ वटै जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रदान गर्ने गरेको कमिशन र इन्सेन्टिभ रकम आफ्नो सफ्टवेयर प्रणालीमा राख्नुपर्ने उल्लेख छ ।

साउन १ गतेदेखि कम्पनीहरूले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीमा नै प्रत्येक बीमा अभिकर्ताहरूको कमिशन तथा इन्सेन्टिभ बोनस स्पष्ट रूपमा देखिने गरी भुक्तानी गर्नुपर्र्नेमिलाउनु पर्ने समितिद्धारा जारी निर्देशनमा उल्लेख छ ।

बीमा नियमावली २०४९ को नियम २३(१) बमोजिम बीमकले बीमा अभिकर्तालाई बीमाशुल्क रकमको आधारमा प्रदान गर्ने कमिशन र सोहि नियमावलीको नियमन २३(२) बमोजिम अतिरिक्त इन्सेन्टिभ बोनस प्रदान गर्दै आइरहेका छन् ।
आगामी आर्थिक वर्ष २०७९÷८० साउन १ गतेदेखि बीमा कम्पनीले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीमा निर्देशनअनुसारको भुक्तानी व्यवस्था मिलाउनु पर्ने छ ।

2120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका