जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सनराइज बैंकद्वारा चालु आर्थिक वर्ष २५०० भन्दा बढीलाई वित्तीय साक्षरता

सनराइज बैंकद्वारा चालु आर्थिक वर्ष २५०० भन्दा बढीलाई वित्तीय साक्षरता

देश व्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सन्राइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरुमा बैंकिङ्ग सेवा सुबिधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ्ग सेवा सुबिधाको प्रयोगले कसरी जीबनस्तर विकास गर्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोगिता, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङ्गमा कसरी सुरक्षित रहन सकिन्छ लगाएतका विषयहरुलाई समेटेर देश व्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । केही समय अघि मात्रै पनि बैंकले प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरी सकेको छ । यस अभियान अन्र्तगत बैंकले यसै वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्र्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिदंै जाने बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले जानकारी दिए ।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?