जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकले पायो ४ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

एनएमबि बैंकले पायो ४ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई ऋणपत्रको निष्कासन तथा बिक्रीका लागि अनुमति दिएको छ।

बोर्डले बैंकलाई ऋणपत्र निष्कासनका लागि बिहीबार अन्तिम स्वीकृति दिएको हो। बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो।

बोर्डबाट अनुमति पाएको ऋणपत्रमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र बैकले सर्वसाधारणहरुमा बिक्री गर्ने छ। २ अर्ब ४० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने छ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल रहेको छ। सो ऋणपत्र प्रति कित्ता १००० का दरले बिक्री गरिने छ।

4735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका