जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु क्यापिटलको विन्टर अफर, अहिले डिम्याट खोल्दा २ वर्षसम्म मेरोशेयर र डिम्याट निशुल्क

प्रभु क्यापिटलको विन्टर अफर, अहिले डिम्याट खोल्दा २ वर्षसम्म मेरोशेयर र डिम्याट निशुल्क

प्रभु क्यापिटल लिमिटेडले गत वर्ष सञ्चालन गरेको विन्टर अफरलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । जस अनुसार क्यापिटलले  यही माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि मेरोशेयर र डिम्याट निशुल्क गरिने जनाएको छ ।

 प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्नेलाई यो अफर लागु हुने क्यापिटलले उल्लेख गरेको छ । यस योजना अन्तरगत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ ।

 क्यापिटलका अनुसार यस योजनामा देश वा विदेशमा रहने नेपालीहरुले मोबाइल एपबाटै भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने छन्। यसका साथै वेवसाइटबाट समेत भिडियो केवाइसि सहितको डिम्याट सेवा प्राप्त गर्न सक्ने छन्।

6565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका