जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बैंकको खराब कर्जा बढ्दैछ: अध्यक्ष उपाध्याय

बैंकको खराब कर्जा बढ्दैछ: अध्यक्ष उपाध्याय

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बैंकको खराब कर्जा बढ्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष उपाध्यायले अहिले हरेक क्षेत्रमा लागत बढ्दै जाँदा आगामी दिनमा बैंकहरुले ब्याजदर घटाउने दिन आउन सक्ने बताए ।

‘कस्ट मात्रै बढाउने, ब्याजदर हामीले तलमाथि नगर्ने ? बैंकको एनपीएल (खराब कर्जा) बढ्ने अवस्थामा छ’ उनले भने ‘यो चुनौती बैंकिङ क्षेत्रमा आएको छ ।’ अहिलेको अर्थ व्यवस्थामा बैंकको प्रभाव धेरै रहेको उनले बताए । बजेटको आकार हाराहारीमा नै बैंकको बिजनेस रहेको उनको भनाइ छ ।

आगामी दिनमा पुँजीबजार, ऋण पत्रलाई स्थिर बनाउनु पर्ने, भेन्चर क्यापिटललाई बजारमा ल्याउनु बताएका छन् । उनले यी क्षेत्रबाट पैसा संकलन गरेर सरकारलाई चाहिने स्रोतलाई बलियो बनाउने सकिने बताए । उनले कुनै बेला बैंकहरुले घर घरमा गएर कर्जा दिएको भए पनि अहिले त्यो अवस्था नरहेको बताए ।

‘त्यो बेला बजारमा सहज रुपमा तरलता प्रवाह भएको थियो, डिमान्ड कम थियो आपूर्ति निकैबढी थियो । त्यो बेला हामीले उद्योगी व्यवसायीको घर घरमा गएर कम लागतमा कर्जा दिएको हो’ उनले भने ‘त्यो बेला हामीले त्यस्तो चुनौतीमा पनि काम गरेको हो । आज त्यो अवस्था छैन ।’ अहिले बैंकमा कर्जा लिन आउँदा पनि दिन नसक्ने अवस्था नभएको उनले बताए ।

असारभन्दा असोजमा साढे ३ प्रतिशत आधारदर बढेको उनले बताए । १० बर्षको इतिहासमा कुनै न कुनै समयमा तरलता अभाव भइरहेको उनको भनाइ थियो । अहिले रिसोर्स मिस म्याचमा समस्या भएको उनको तर्क छ । बजारमा कर्जा माग भएको बेला तरलता अभाव हुने गरेको उनी बताउँछन् ।

नेपालको अर्थतन्त्र संकटबाट जोगाउनका लागि उत्पादनमा जोड दिनुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् । राजधानीमा आयोजित तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका लागि सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रममा बोल्दै अर्थविद्हरुले सो कुरा बताएका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विश्वका अधिकांश राष्ट्रहरु आर्थिक संकटमा फसिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । केही समय अघि मात्र छिमेकी राष्ट्र श्रीलंकाको अर्थतन्त्र जिरोमा झरेको थियो । जसको कारण श्रीलंकाका जनता आक्रोशित बनेर राष्ट्रपतिका विरुद्ध आक्रोशित बन्न पुग्दा श्रीलंकाली राष्ट्रपतिले देशै छाडेर भाग्नुपरेको थियो ।

पछिल्लो समय नेपालको अर्थतन्त्र धराशयी बनेको विभिन्न घटनाहरु पुष्टि गर्दै आइरहेको छ । नेपालमा वर्षेनी व्यापार घाटा बढिरहेको र विदेशी मुद्राको सञ्चिती घटिरहेको कारण नेपालको अर्थतन्त्र पनि संकटमा फस्ने अनुमान अर्थ विश्लेषकहरुले गर्न थालेका छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अहिले तरलता अभाव नभएको तर लगानी योग्य रकमको अभाव भने रहेको बताएका छन् ।

नेपालमा आयातका लागि पैसा बाहिर जाँदा तरलता अभाव जस्तो देखिएको उनको भनाइ थियो । विश्व अर्थतन्त्रमा परेको प्रभाव, कोरोना महामारी लगायतका घटनाले यस्तो भएको उनले बताए । अहिले विदेशी विनिमय सञ्चिति घटेको भए पनि पहिला जस्तो डराउनु पर्ने अवस्था नरहेको बताए । उनले सञ्चिति बोर्डर लाइनमा रहेको बताए ।

विदेशी विनिमय सञ्चिति नबढे तरलता सहज नहुने उनले बताए । अहिले ब्याज १२ प्रतिशत औषतमा रहेको बताउँदै उनले २०७४ मा १२.४७ प्रतिशत पुगेको स्मरण गराए । त्यसैले यो अहिलेसम्मकै धेरै नरहेको उनको तर्क थियो ।

नेपालमा घर जग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको उनको भनाइ थियो । नेपालमा भएको लगानी कहाँ गएको छ भनेर खोज्न आवश्यक रहेको उनले बताए । नेपालको उत्पादन बिक्री नहुने र भारतबाट बढी आयात भइरहेको बताए ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले अहिले बैंकिङ प्रणालिमा देखिएको तरलता अभाव हटाउन राष्ट्र बैंकले विदेशबाट फन्ड ल्याउन सहयोग गर्नु पर्ने बताएका छन् । अध्यक्ष पौडेलले राष्ट्र बैंकले बाहिरबाट फन्ड ल्याउन सहयोग गरे क्रमिकरुपमा तरलता सहज बन्दै जाने धारणा राखे ।

अध्यक्ष पौडेलले वैदेशिक मुद्रा बढाउन बिप्रेषणमा मात्रै भर पर्नुभन्दा पनि निर्यातमा जोड दिनुपर्ने बताए । त्यसको गर्न सकिए विदेशी विनिमय सञ्चिति बढ्ने र देश विकास हुन समय नलाग्ने उनको भनाइ छ ।

विश्व अर्थतन्त्रमा परेको प्रभावको असर नेपालमा पनि परेको उनले बताए । तर,श्रीलंकासँग नेपालको अर्थतन्त्रको तुलना गर्न आवश्यक नरहेको उनको भनाइ थियो । खाद्यान्न, उर्जा र सुरक्षा बलियो हुने हो भने नेपाल तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने उनले बताए ।

सरकार र निजी क्षेत्रले कृषि क्षेत्रलाई मजबुत बनाएर लैजान आवश्यक रहेको बताउँदै उनले कृषिलाई माथि लैजान अनुदान आवश्यक र एक तहमा पुगेपछि घटाउन सकिने पौडेलले बताए । बैकिङ क्षेत्र बलियो बन्दै जाँदा नयाँ उद्यमी बढ्न थालेको र अबको दिनमा रोजगारी बढ्ने क्षेत्रमा बैंकको लागनी आवश्यक रहेको उनको धारणा थियो ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले पत्रकारहरुले सरकारले ल्याउने बजेट सम्बन्धी पूर्ण रिपोर्टिङ्ग गर्नुपर्ने बताए । उनले भने ‘बजेट भाषणको सुरुका दिनमा रिपोटिङ्ग र अन्तरक्रिया गर्ने गरेको भएपनि बजेट लागु भए नभएको भने विषयमा भने नहुने समस्या छ, त्यसले गर्दा बजेट तर्जुमा, प्रस्तुती र कार्यान्वयनको अवस्थाका विषय बाहिर ल्याउन सकेमात्र पारदर्शि हुन्छ ।

1420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका