जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जेठ महिनामा २६ अर्बले घट्यो चलनचल्तीमा रहेका नोट

जेठ महिनामा २६ अर्बले घट्यो चलनचल्तीमा रहेका नोट

जेठ महिनामा २६ अर्बले बजारमा चलनचल्तीमा रहेको नोट घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनुसार बजारमा अहिले ६ खर्ब ९ अर्ब रुपैयाँको चलनचल्तीको नोट रहेको छ । बैशाख मसान्तमा ६ खर्ब ३५ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नोट थियो ।

बैशाखमा स्थानीय तहको निर्वाचन भएको कारणले चैतको तुलनामा नोटको आपूर्ति बढेको थियो । स्थानीय निकायको निर्वाचनपछि प्रणालीमा पैसा फर्केको देखिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट निर्वाचनको क्रममा बाहिरिएको पैसा प्रणालीमा फर्केको बताउँछन् ।

‘चैतमा भन्दा बैशाखमा नोटको माग बढेको थियो,निर्वाचन सकिएपछि बैशाखको तुलनामा जेठ महिनामा माग घटेको तथा प्रणालीमा पैसा फर्केको छ,’उनले भने ।

नोटको माग सबैभन्दा बढी असोज महिनामा हुने गर्छ । असोजमा दशैं पर्ने हुँदा नोट माग बढ्ने गरेको हो । गतवर्ष असोज महिनामा ७ खर्ब १३ अर्ब रुपैयाँ चलनचल्तीको नोट बजारमा रहेको थियो । जुन अहिले घट्दै ६ खर्ब ९ अर्बमा आइपुगेको छ ।

2885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका