जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले चैत २९ बाट ११ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्दै

महालक्ष्मी विकास बैंकले चैत २९ बाट ११ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्दै

महालक्ष्मी विकास बैंकले चैत २९ देखि बैशाख ४ गतेसम्म ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो।

बैंकले ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज दिने छ। बैंकले ‘महालक्ष्मी डिबेन्चर २०८९’ जारी गर्न लागेको हो।

१००० रुपैयाँ अंकित दरको ऋणपत्र एक अर्ब रुपैयाँ बराबरको जारी गर्ने छ।

बैंकको ऋणपत्रमा कम्तिमा २५ कित्ता र बढीमा ४ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

बैंकले जारी गर्ने एक अर्बको ऋणपत्रमध्ये ६० करोड व्यक्तिगत तवरले बिक्री गर्ने छ। बाँकी ४० करोड सर्वसाधारणलाई बिक्री गर्ने छ।

8555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका