जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै

नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । सो ऋणपत्र मंगलबार सार्वजनिक बोलकबोल मार्फत जारी गरिने बैंकले जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको सर्त पुरा गरेर तोकिएकै समय भित्र दरखास्त दिन आग्रह गरेको छ ।

असार १५ गते निष्काशन हुने यस ऋणपत्रको बोलकबोल असार १४ गते अपरान्ह ३ बजे हुने बैंकले जनाएको छ । कुल ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीमार्फत र बाँकी १५ प्रतिशत अर्थात् २ अर्ब २५ करोड रुपैयाँ विना प्रतिस्पर्धा बाँडफाँड गरिने समेत बैंकले जनाएको छ । ऋणपत्रको ब्याज भुक्तानी बैंकले अर्धवार्षिक (६-६ महिना) मा गर्नेछ ।

4905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका