जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • निषेधाज्ञामा बैंक कर्मचारीलाई आवतजावत गर्न दिइने

निषेधाज्ञामा बैंक कर्मचारीलाई आवतजावत गर्न दिइने

काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गर्दै सार्वजनिक र निजी सवारी साधन चल्न रोक लगाएको छ।

बुधबारदेखि कार्यान्वयनमा आउने यो निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई भने निर्वाध हिडडुल गर्न दिइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार आफ्नो बैंक तथा वित्तीय संस्थाको परिचयपत्र देखाएर आवातजावत गर्न दिइनेछ। बैंक तथा वित्तीय क्षेत्र अत्यावश्यक सेवामा पर्छ।

सुरुवातमा सरकारले लकडाउन लगाउँदा नेपाल राष्ट्र बैंकबाट पास दिने व्यवस्था गरेको थियो। केही समयपछि बैंक तथा वित्तीय संस्थाको परिचयपत्रका आधारमा पनि आवतजावत गर्न दिएको थियो। तर सुरक्षा निकायको तजविजीका कारण कतिपय स्थानमा भने बैंकका कर्मचारीलाई रोक्ने काम समेत भएको थियो

8955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?