जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘आईएमई पे’ मा रेमिट्यान्स पठाउँदा एक हजार रुपैयाँसम्म क्यास ब्याक

‘आईएमई पे’ मा रेमिट्यान्स पठाउँदा एक हजार रुपैयाँसम्म क्यास ब्याक

नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले विदेशबाट पठाएको रकम आईएमई पे वालेटबाट प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ ।

सेवाग्राहीले विदेशबाट आईएमई पे वालेटमा पठाएको पैसा आईएमई पे एप प्रयोगकर्ताले नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

‘आईएमई गरौं,करोडपति बनौं’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

आईएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुका साथै ग्राहकले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न सक्नेछन् ।

सबै प्रकारका बीमा नवीकरण एवम् अन्य सेवाहरूको भुक्तानीका साथै आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।

2830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका