जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मौद्रिक नीतिमा अनिल शाहको सुझाव

मौद्रिक नीतिमा अनिल शाहको सुझाव

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आगामी मौद्रिक नीतिले विभिन्न क्षेत्रको कुल निर्देशित लगानी (डाइरेक्टेड लेन्डिङ) ४५  प्रतिशत कायम राख्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले हालको क्षेत्रगत निर्देशित लगानीलाई नघटाई यथावत राख्नुपर्ने उनले सुझाएका हुन्।

साना तथा मझौला व्यवसायका लागि एक करोड रुपैयाँभन्दा कम भए मात्रै कुल कर्जाको अनुपात १५ प्रतिशत रहनुपर्ने शाहाले बताए। यस्तै, ऊर्जा क्षेत्र र लघुवित्तमा क्रमश: कुल कर्जाको १० प्रतिशत र ५ प्रतिशत तथा कृषि क्षेत्र र साना तथा मझौला व्यवसायमा कुल कर्जाको १५/१५ प्रतिशत कायम गर्न सुझाव दिएका छन्।

बाँकी ५५ प्रतिशत कुल कर्जाको अनुपात भने अन्य क्षेत्रका लागि कायम गर्न शाहले सुझाव दिएका छन्।

कोरोना महामारीको जोखिम कायमै रहेकाले अर्थतन्त्रमा परेको असर न्यून गर्नका लागि माथि उल्लेखित क्षेत्रहरुको लक्ष्य प्राप्ति गर्न केही सहजता र समय प्रदान गर्नुपर्ने सुझाव उनको छ।

बैंकिङ क्षेत्रले पनि सोही किसिमको सहजता प्रदान गर्न जोड दिएको उनले बताए। अन्यथा, ती क्षेत्रहरुले हासिल गर्नुपर्ने लक्ष्य प्राप्तिमा गम्भीर असर पर्ने शाहको भनाइ छ।

5520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका