जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव

विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्न संसदमा एक विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्दै यस्तो प्रस्ताव अगाडि सारेका हुन् ।

प्रस्तावित विधेयकको प्रस्तावनामै विदेशमा सम्पत्ति राख्न नपाउने भनी किटान गरिनुपर्ने सांसद सुवालको प्रस्ताव छ ।

‘नेपालीको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्‍छनीय भएकोले’ सांसद सुवालले गरेको संशोधन प्रस्तावमा उल्लेख छ ।

नेमकिपाले विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था संविधानमै राख्न पहल गरेको थियो । संविधान निर्माणकै क्रममा नेमकिपाले ‘नेपाली नागरिकको सम्पत्तिको सीमांकन गरिनेछ, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरिनेछ र जमिनमा जोत्नेको हक हुनेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गरेको थियो । जुन तत्कालिन संविधानसभाले बहुमतले अस्वीकृत गरेको थियो ।

संविधानमा नसमेटिए पनि नेमकिपाले यो विषयलाई निरन्तर उठाउँदै आएको छ ।

संविधानको धारा २५ मा प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने उल्लेख छ ।

संविधानमा विदेशमा सम्पत्ति राख्न पाउने वा नपाउने किटान नगरिएका कारण कानुन बनाएर यो विषयलाई सम्बोधन गर्न सकिने नेमकिपाका सांसद सुवाल बताउँछन् ।

2735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका