जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • नेपालमै पहिलो पटक विलासिलताका बस्तुमा कर लागु, डिपोजिटकर्ताको बचत देखि विदेश पढ्न जाने विद्यार्थी माथी समेत कर थपः विदेश घुम्न जाने नेपालीले अब ५ प्रतिशत पर्यटन शुल्क तिर्ने पर्ने ?

नेपालमै पहिलो पटक विलासिलताका बस्तुमा कर लागु, डिपोजिटकर्ताको बचत देखि विदेश पढ्न जाने विद्यार्थी माथी समेत कर थपः विदेश घुम्न जाने नेपालीले अब ५ प्रतिशत पर्यटन शुल्क तिर्ने पर्ने ?

अर्थमन्त्री डा. प्रकाश शरण महतले सदनमा वाचन गरेको बजेटले केही नयाँ र केही पूरानै कुरामा थप कर र शुल्क बृद्धि गरेको भेटिएको छ । नेपालमै पहिलो पटक विलासीलताका बस्तुमा कर लागु गरेर राम्रो शुरुवात गरेका छन् । भन्दा अब फरक पर्दैन । यति मात्रै होइन डिपोजिटकर्ताहरुको बैंक र वित्तिय संस्थामा रहेको बचत माथी थप कर अर्थमन्त्री डा.महतले लगाएका छन् । विदेश पढ्न जाने विद्यार्थीहरुलाई थप सेवा शुल्क देखि विदेश जाने नेपाली पर्यटकहरुलाई ५ प्रतिशत पर्यटन शुल्क समेत लगाउन अर्थमन्त्री डा.महत चुकेनन् भन्दा फरक पर्दैन । मदिरा र चुरोटमा कर बढेको छ भने बैंक र वित्तिय संस्थाहरु र बीमा कम्पनीहरुले प्रिमियम एफपिओमा छलेको कर अब तिर्ने पर्ने व्यवस्था बजेटले गरेको देखिन्छ । भनिन्छ अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिता कर सुरु गरेका छन् । डा.महतले विलासिता शुल्कको नाम दिएर कर संकलन गर्ने नयाँ बाटो खोजेको देखिन्छ ।

विदेश पढ्न जाने विद्यार्थीलेहरुले डलर साट्दा तिर्ने शुल्कमा पनि थप वृद्धि ?
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा करका दरहरु ब्यापक रुपमा हेरफेर गरिएको छ । विशेषगरी भन्सार र अन्तःशुल्कमा अर्थमन्त्रीले ब्यापक हेरफेर गरेको भेटिएको छ । पहिलो पटक ‘विलासी कर’ लगाइएको बजेटमा भ्याटका १७० र अन्तःशुल्कका ३४० छुटका दरहरु समेत डा.महतले खारेज गरेको देखिन्छ । ‘छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु’ अर्थमन्त्री डा महतले बजेट भाषणमा भनेका थिए ।

इलेक्ट्रिक गाडीमा कर फेरबदल किन ?
सरकारले विद्युतीय सवारी साधनमा लगाउँदै आएको भन्सार दर र अन्तःशुल्क दर बढाएको छ । आर्थिक ऐनमार्फत ५० किलोवाट सम्मको मोटर क्षमता जडान भएका सवारीसाधनमा १० प्रतिशत भन्सार लगाएर अन्तःशुल्क छुट गरिएको देखिन्छ । यसैगरी ५० देखि १ सय किलोवाट सम्मका मोटर क्षमता भएका इलेक्ट्रिक गाडीमा भन्सार दर १५ प्रतिशत कायम गरिएको छ । यसअघि १ सय किलोवाट मोटर क्षमताका विद्युतीय गाडीमा १० प्रतिशत मात्रै भन्सार लाग्दै आएको थियो । ५० देखि १ सय किलोवाट सम्मका विद्युतीय गाडीमा यसअघि अन्तःशुल्क नलाग्ने गरेकोमा अब भने १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । १ सय किलोवाटदेखि २ सय किलोवाट सम्मका विद्युतीय गाडीमा यसअघि ३० प्रतिशत रहेको भन्सार दर भने अर्थमन्त्री डा. महतले घटाएर २० प्रतिशतमा झारेका छन् । १ सय किलोवाटदेखि २ सय किलोवाट सम्मका विद्युतीय गाडीमा यसअघि ३० प्रतिशत नै रहेको अन्तःशुल्क पनि घटाएर २० प्रतिशतमा झारेका छन् । २ सयदेखि ३ सय किलोवाट सम्मका मोटर जडित विद्युतीय गाडीमा ४५ प्रतिशत भन्सार लाग्दै आएकोमा घटाएर ४० प्रतिशत कायम गरिएको छ । २ सयदेखि ३ सय किलोवाट सम्मका गाडीमा लाग्दै आएको ४५ प्रतिशत अन्तःशुल्क भने यथावत छ । ३ सय किलोवाटभन्दा बढीका विद्युतीय सवारीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क यथावत छ ।

स्पञ्ज आइरन र बिलेटमा कर यथावत
यसअघि स्पञ्ज आइरन र तयारी बिलेटमा लगाउँदै आएको भन्सार दर डा. महतले चलाएका छैनन् । स्पञ्ज आइरनको आयातमा १ प्रतिशत भन्सार लाग्ने व्यवस्था यथावत छ भने बिलेटको आयातमा ५ प्रतिशत भन्सार लाग्दै आएकोमा यो पनि यथावत नै राखेका छन् । स्पञ्ज आइरनको अन्तःशुल्क छुट पनि यथावत छ । अन्तःशुल्कमा भने उद्योगीहरु अन्यौल देखिएका छन् । उनीहरु आज आन्तरिक राजस्व विभागमा यसबारे थप बुझ्न जाँदैछन् ।

चिनीको भन्सार घट्यो
सरकारले चिनीको भन्सार दर घटाएको छ । यसअघि ४० प्रतिशत रहेको चिनीको भन्सार महशुल घटाएर ३० प्रतिशत कायम गरेको हो ।

आयातित मदिरा, तारे होटलको सेवा र गहनामा विलासी कर
अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिता कर सुरु गरेका छन् । उनले विलासिता शुल्कको नाम दिएर कर संकलन गर्ने नयाँ बाटो खोजेका देखिन्छ । अब नेपालमा पाँच तारे र सो भन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा उपभोग गर्दा २ प्रतिशत लक्जरी कर दाखिला गर्नुपर्नेछ । आयातित मदिरामा पनि २ प्रतिशत विलासिता कर लाग्नेछ । त्यस्तै, १० लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना खरिद गर्दा पनि २ प्रतिशत विलासिता कर तिर्नुपर्ने भएको छ । भन्दा फरक पर्दैन ।

मदिराको अन्तशुल्क पनि बढ्यो कर
आयातित मदिरामा प्रतिलिटर १ हजार ३ सय रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा ५० रुपैयाँ बढाएर १ हजार ३५० रुपैयाँ कायम गरिएको देखिन्छ । यसैगरी बियरमा लग्दै आएको अन्तःशुल्क प्रतिलिटर ७ रुपैयाँ बढाएर २३५ रुपैयाँ बनाइएको छ ।

विदेश घुम्न जाने नेपालीबाट ‘पर्यटन शुल्क’ कति ?
कर तथा आम्दानीको स्रोत पहिल्याउने क्रममा अर्थमन्त्री डा. महतले विलासी कर जस्तै विदेश घुम्न जाने नेपालीबाट पनि ‘पर्यटन शुल्क’ लिने नयाँ व्यवस्था गरेको भेटिएको छ । अब विदेश भ्रमणमा जाने नेपालीले ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क तिर्नुपर्नेछ । भुक्तानी रकममा ५ प्रतिशत पर्यटन कर तिर्नुपर्ने भएको हो । भन्दा फरक पर्दैन ।

चुरोट र सूर्तीमा थप कर बढ्यो
सरकारले चुरोट र सूर्तीमा कर बढाएको छ । फिल्टर नभएको चुरोट प्रति एम ७१० रुपैयाँबाट बढाए ७३० रुपैयाँ, ७० मिमि लम्बाइको प्रति एम १ हजार ६३५ रुपैयाँबाट १ हजार ६९० रुपैयाँ र ७० मिमिभन्दा बढी ७५ मिमिसम्मको प्रति एम २ हजार २२५ रुपैयाँबाट २ हजार ३ सय रुपैयाँ कायम गरिएको देखिन्छ । ७५ मिमिभन्दा बढी ८५ मिमिसम्म्को प्रतिएमएम २८ सय ८० रुपैयाँबाट बढेर २९ सय ७० रुपैयाँ र ८५ मिमि भन्दा बढीको प्रतिएम ३९ सय रुपैयाँबाट ४ हजार ८० रुपैयाँ बनाइएको छ । भन्दा फरक पर्दैन । यसैगरी समरुपी वा पुनर्निर्मित सुर्ती प्रतिकिलो ८२१ रुपैयाँबाट ८५० रुपैयाँ, जर्दा खैनी, सुर्ती किलो ८ रुपैयाँ २१ रुपैयाँबाट ८५० रुपैयाँ र धुलो सुर्ती, सुर्ती भएको वा पुनर्निर्मित सुर्ती र निकोटिन भएको सुर्ती प्रतिकिलो ४६० रुपैयाँबाट ४७५ रुपैयाँ बनाएको देखिन्छ ।

तेलको भन्सार बढ्यो
तोरीको दानाको भन्सार दर १ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको छ । १ प्रतिशत भन्सार दरमै आयात भइरहेको सोयाविन, सनफ्लावर र पाम आयलको भन्सार दर ९ प्रतिशत बढाएर १० प्रतिशत बनाइएको देखिन्छ ।

बाइकको सडक दस्तुत घट्यो
सरकारले २५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकलको सडक निर्माण दस्तुर घटाएको छ । यस अघि २५० देखि ४ सय सीसी क्षमता सम्मका मोटरसाइकलमा प्रतिगोटा ५० हजार रुपैयाँ सडक लाग्दै आएकोमा अब प्रतिगोटा २० हजार रुपैयाँमा झारिएको छ । ४ सय सीसी क्षमता भन्दा माथिका बाइकमा यसअघि प्रतिगोटा १ लाख रुपैयाँ सडक दस्तुर लाग्दै आएकामो अब मुल्यको १० प्रतिशत भनेर तोकिएको भेटिएको छ ।

निक्षेपकर्ताले ब्याज आम्दानीबापत ६ प्रतिशत कर तिर्नुपर्ने
निक्षेपकर्ताले ब्याज आम्दानीमा तिर्दै आएको कर सरकारले १ प्रतिशत विन्दुले बढाएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याज आम्दानीबापत ६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेका हुन्।यसअघि निक्षेपकर्ताले ५ प्रतिशत कर तिर्दै आएका थिए। सरकारले व्यवसायिक कृषिको कर पनि ह्वात्तै बढाएर १० प्रतिशत पुर्याइएको छ। यसअघि यसमा कुनै कर लाग्ने गरेको थिएन। गत आर्थिक वर्षको बजेटमार्फत् शून्यमा झरिएको थियो। अघिल्ला सरकारले कृषिको व्यवसायिकरणका लागि कर्पोरेट क्षेत्र ल्याउन करमा छुट दिएको थियो । सचेत भया ।

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका