जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त टेकुबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त टेकुबाट पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका -५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका -८ बस्‍ने ४२ वर्षीया विष्णुमाया योञ्जन रहेकी छिन् ।

उनलाई सीआईबीको टोलीले काठमाडौंको टेकुबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र ७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै योञ्जनले २०७७ साल फागुन १३ गते पीडितलाई रकम भुक्तानी गर्नका लागि एनएमबी बैंक लिमिटेडको चेक काटेका थिए

5125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका