जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१

एशियन लाइफको नाफा बढ्यो

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३९ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले ९ महिनाको अवधिमा १८ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब १० करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले दिर्घकालिन क्षेत्रमा गरेको लगानी घटाएर अन्य क्षेत्रमा लगानी बढाएको छ । कम्पनीको दिर्घकालिन क्षेत्रमा १४ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ ।

कम्पनीले जीवन बीमा व्यवसाय गरेर यस वर्ष खुद बीमा शुल्क आर्जन ४८ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले यस वर्ष ४ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । स्थापनाकालदेखि हालसम्म कम्पनीले २९ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । यस वर्षको कुल बीमा शुल्क आर्जन भने ४ अर्ब ६३ करोड रुपैयाँ छ ।

6565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका