जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • शिखर इन्स्येरेन्सद्धारा कर्मचारीको नि:शुल्क स्वास्थ परिक्षण

शिखर इन्स्येरेन्सद्धारा कर्मचारीको नि:शुल्क स्वास्थ परिक्षण

शिखर इन्स्योरेन्सले ई-फार्मेसीसंगको सहकार्यमा कर्मचारीहरूका लागि निः शुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ ।

कम्पनीले आइतबार र सोमबार कृषि-माइक्रो इन्स्योरेन्स भवनमा निः शुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको हो ।

जसमा नि:शुल्क जाँचका अतिरिक्त सामान्य स्वास्थ्य समस्याहरू जस्तै उच्चरकम ब्लड प्रेसर, उच्चरकम ब्लड सुगर, शरीरको तापक्रम, पल्स रेट र अक्सिजनको स्तर आदि समावेश थियो ।

यस बाहेक, मंगलबार एक ई-फार्मेसीका पोषण विशेषज्ञसंग दैनिक आहार र स्वस्थ खाना जस्ता विषयहरूसँग सम्बन्धित ३० मिनेटको जुम सम्मेलन ब्रीफिंग आयोजना गरिएको थियो । यो कार्यक्रम विशेष गरी कर्मचारीहरूको लागि आफ्नो दैनिक जीवनमा आउने साना स्वास्थ्य समस्याहरूको बारे ज्ञान प्राप्त गर्न डिजाइन गरिएको थियो।

यस नि:शुल्क शिविरबाट २०० भन्दा बढी कर्मचारी जाँचको लाभ उठाएका थिए । अफिसमा काम गर्ने कर्मचारीहरूलाई सामान्यतया स्वास्थ्य समस्याहरू जुनसुकै अवस्थामा र बेलामा हुन सक्छ। नियमित स्वास्थ्य परीक्षण गरेर आफूलाई फिट र स्वस्थ राख्नु अहिलेको आवश्यकता हो ।

2795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका