जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भ्रामक समाचार प्रकाशित भएकोमा हब सहकारीको आपत्ती

भ्रामक समाचार प्रकाशित भएकोमा हब सहकारीको आपत्ती

सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ र संस्थाको स्विकृत विनियम अनुसार कार्य गरिरहेको हब कोअपरेटिभ सर्भिस लि. को बिरुद्धमा केहि व्यवसायीक प्रतिस्पर्धी समुह तथा व्याक्तीहरुको उक्साहटमा केहि सञ्चार माध्यममा अनर्गल र भ्रामक समाचार प्रकाशित भएकोमा यस संस्थाको गम्भिर ध्यानआर्षण भएको छ । गतवर्ष देखि यस संस्थाले बित्तिय कारोबार शुरु गरेको करिब एक वर्षको अवधि पुरा भएकोमा हाल सम्म शेयर र निक्षेप गरि १२ करोड ननाघेकोमा केहि सञ्चार माध्यमले हब सहकारीले ५० करोड निक्षेप अन्तर सहकारी कारोबार गरी संकलन गरेको, सदस्यहरुले निक्षेप गरेको बचत रकम जोखिममा रहेको जस्ता भ्रामक समाचार प्रकाशित गरेकोले संस्थाका सदस्यहरु, शुभचिन्तकहरु, सरोकारवाला निकायहरु सबैमा सत्य तथ्य बुझी स्पष्ट हुन हार्दिक अनुरोध गर्दछौं । यस संस्थासँग कारोबार गरिरहेका कुनै पनि सदस्यहरुको निक्षेप जोखीममा नरहेको सम्बन्धीत सबैमा जानकारी गराँउदछौं । सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, र संस्थाको स्विकृत विनियम हब सहकारी सञ्चालनका मुख्य आधार हुन । केहि व्यवसायीक प्रतिस्पर्धी समुह तथा व्याक्तीहरुको उक्साहटमा हब सहकारी संस्था र संस्थाका अध्यक्ष दक्ष पौडेल “सुभाष” का बिरुद्यमा भ्रामक समाचार प्रकाशित गर्ने सञ्चार माध्यमलाई सत्य तथ्य बुझी समाचार प्रकाशन गर्न हार्दिक अनुरोध गर्दछौं ।

हब कोअपरेटिभ सर्भिस लि. ले सहकारी ऐन २०७४ को दफा २५ को उपदफा (झ) अनुसार स्विकृत विनियममा उल्लेखीत कार्यहरु गरिरहेको छ । सहकारी ऐन २०७४ को उक्त दफा अनुसार सम्पूर्ण सहकारी संघ संस्थाहरुले स्विकृत विनियममा उल्लेखित कार्यहरु गर्दा ऐन अनुसार हुने सम्बन्धीत सबैमा स्पष्ट हुन अनुरोध गर्दछौं । सम्मानित व्यवस्थापीका संसदले जारी गरेको सहकारी ऐन २०७४ को जगमा खडा भएको हब कोअपरेटिभ सर्भिस लि. ले सो ऐनको दफा ३० को उपदफा (२) मा व्यवस्था भए बमोजिम उत्पादन मुलक र सेवामुलक समेत कार्य गरिरहेका संघ संस्थाहरुलाई स्विकृत विनियम बमोजिम सदस्यता प्रदान गरिरहेको सहर्ष जानकारी गराईन्छ ।

यस संस्थाले सहकारी नियमावली २०७५ को दफा (८०) को उपदफा (४) मा भएको व्यवस्था “ सहकारी संस्थाले विनियममा व्यवस्था गरी विद्युतीय प्रणाली मार्फत आफ्ना सदस्यले नेपाल भरको कुनै सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तर सहकारी कारोबार गर्न सक्नेछ ।” लाई स्विकृत विनियममा नै समावेश गरि अन्तर सहकारी कारोबार गरिरहेको समेत यहाँहरु सबैलाई यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन पाँउदा हामी हर्षित छौं ।

हामीलाई प्राप्त जानकारी अनुसार देश भरि रहेका करिब ३० हजार प्रारम्भिक सहकारी संस्थाहरु मध्ये सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएका माथि उल्लेखीत दफाहरु आफ्नो स्विकृत विनियममा व्यवस्था गरि अन्तर सहकारी कारोबार गर्ने देशै भरि कार्यक्षेत्र भएको एक मात्र सहकारी संस्था हब कोअपरेटिभ सर्भिस लि. हो । ऐन कानुन भन्दा माथि कोही पनि हुन नसक्ने व्यहोरा सम्बन्धीत सबैमा अनुरोध छ ।

सहकारी संस्थाले सहकारी नियमावली २०७५, र सहकारी ऐन २०७४ अनुसार संस्थाको स्विकृत विनियम बमोजिम सदस्यहरुसँग बचत र ऋणको कारोबार गर्दा राष्ट्र बैकबाट स्विकृती लिनुपर्ने कानुनी व्यवस्था कँही कतै नभएकोमा केहि व्यवसायीक प्रतिस्पर्धी समुह तथा व्याक्तीहरुको उक्साहटमा केहि सञ्चार माध्यममा बिना अनुमती बैकको काम गरेको जस्ता अनर्गल र भ्रामक समाचार प्रकाशित भएको पाईएकोले ऐन कानुन सम्मत माथि उल्लेख गरिएका दफा अनुसार यस सहकारीले कार्य गरिरहको जानकारी गराईन्छ । साथै यस संस्थाले नेपाल राष्ट बैकबाट स्विकृती प्राप्त बिद्युतीय भुक्तानी प्रदायक निकायसँग सहकार्य गरि सदस्यहरुलाई विनियममा व्यवस्था भए बमोजिम बिद्युतीय वित्तिय सेवा उपलब्ध गराउन लागिरहेको समेत जानकारी गराईन्छ ।

ऐनको दफा २५ को उपदफा (झ) ले स्विकृत विनियममा उल्लेखीत कार्य गर्न अधिकार दिए बमोजिम हब कोअपरेटिभ सर्भिस लि. ले सहकारी संस्थाहरुलाई आधुनीकीकरण र प्राविधिकिकरण गर्ने कार्य गरिरहेकोले आवश्यक प्रकृया पुरा गरि यस संस्थामा सम्पर्क गरि उपलब्ध सेवा उपयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौैं ।

सहकारीको छैटौं सिद्धान्त “सहकारी संस्थाहरुका बिचमा सहयोग” मा आधिरित भई नेपालको सहकारी आन्दोलनलाई आधुनीकीकरण र प्राविधिकरण गर्ने अभियानमा हक कोअपरेटिभ सर्भिस लि. दृढताका साथ लागिरहेको र निरन्तर सहकारीकर्मी साथीहरुसँग हातेमाले गर्दै कार्य गरिरहने यसै विज्ञप्ती मार्फत स्पष्ट गर्दर्छौं ।

3865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका