जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई ल्यान्डमर्क फुडमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई ल्यान्डमर्क फुडमा विशेष छुट

कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमर्क फुडबीच आफ्ना ग्राहकलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतको लागि सो रेस्टुरेन्टको विभिन्न सेवाहरुमा बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचाय तथा ल्यान्डमर्क फुडस् तर्फबाट संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो ।  सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले ल्यान्डमर्क फुडस्का विभिन्न खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

6050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका