जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सले माग्यो ३० प्रतिशत हकप्रद निष्काशन अनुमति

शिखर इन्स्योरेन्सले माग्यो ३० प्रतिशत हकप्रद निष्काशन अनुमति

शिखर इन्स्योरेन्स (SICL) ले पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

इन्स्योरेन्सले असोज २८ गते १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो।

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई तोकेको न्यूनतम १ अर्ब चुक्ता पूँजी पु¥याएपनि कम्पनीको व्यवसाय विस्तारको जोखिम बहन गर्ने क्षमताको बढाउन हकप्रद बिक्री गर्न लागेको जनाएको छ ।

शिखर इन्स्योरेन्सले ठूला जोखिम तथा सम्पत्तीहरुको बीमा गर्दा कम्पनीको बहन क्षमता विकास गर्न नेटवर्थलाई थप वृद्धि गर्न आवश्यक भएका कारण चुक्ता पूँजी वृद्धि गर्नुपर्ने भएका कारण हकप्रद निष्काशन गर्न लागेको जनाएको छ ।

इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआईबिएल क्यापिटललाई दिइएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

शिखर इन्स्योरेन्सको कार्तिक ३ गते आइतबार दोस्रो बजारमा प्रतिकित्ता ७२० रुपैयाँमा शेयर कारोबार भएको छ ।

9480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका