जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक

आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा २०२२ अक्टोबरमा प्रकाशित वल्र्ड इकोनोमीक आउटलुक अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले सङ्कुचन भएकोमा सन् २०२१ मा ६.० प्रतिशतले विस्तार भएको उल्लेख छ । सन् २०२२ मा यस्तो वृद्धिदर ३.२ प्रतिशत र सन् २०२३ मा २.७ प्रतिशत रहने मुद्राकोषको प्रक्षेपण रहेको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ मा विकसित देशहरूको आर्थिक वृद्धिदर २.४ प्रतिशतले, उदीयमान तथा विकासोन्मुख देशहरूको ३.७ प्रतिशतले र उदीयमान तथा विकासोन्मुख एशियाली देशहरूको आर्थिक वृद्धिदर ४.४ प्रतिशतले धनात्मक हुने प्रक्षेपण छ । सन् २०२२ मा छिमेकी राष्ट्र भारत र चीनको अर्थतन्त्र क्रमशः ६.८ प्रतिशत तथा ३.२ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।

सन् २०२२ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति ७.२ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ९.९ प्रतिशत रहने अनुमान छ । सन् २०२१ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ३.१ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ५.९ प्रतिशत रहेको थियो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन २.३० प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ६.८८ प्रतिशतले बढेकोअनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ३.६ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको औसत मुद्रास्फीति क्रमशः ५.६९ प्रतिशत र ६.८३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२ खर्व ३ करोड र कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९ खर्व २० अर्ब ४५ करोड पुगेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा रु.१७ खर्व २० अर्ब ४२ करोड कायम भएको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ३५.५ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८/७९ मा चालु खाता रु.६ खर्व २३ अर्ब ३३ करोडले र शोधनान्तर स्थिति रु.२ खर्व ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । २०७९ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.१२ खर्व १५ अर्ब ८० करोड कायम भएको छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा कुल ९ अर्ब ५४ करोड रहेको छ । २०७९ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु.११ खर्व १६ अर्ब ४२ करोड राजस्व संकलन भएको छ । कुल सरकारी खर्च रु.१२ खर्व ९६ अर्ब २४ करोड रहेको छ भने बैंकिङ कारोबारमा आधारित कुल सरकारी खर्च रु. १२ खर्व ५५ अर्ब ८४ करोड रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा विस्तृत मुद्राप्रदाय ६.८ प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय ९.७ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा १४.५ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १३.३ प्रतिशतले बढेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९.० प्रतिशतले र ती संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ ।

1085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका