जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ग्लोबल आईएमई म्युचुअल फन्डले ब्यालेन्स फन्ड-१ ल्याउँदै

ग्लोबल आईएमई म्युचुअल फन्डले ब्यालेन्स फन्ड-१ ल्याउँदै

ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गतको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१’ को इकाइ बिक्री असार २२ बाट खुल्ने भएको छ। यो म्युचुअल फन्डले १२ करोड इकाइ बिक्रीमा ल्याउने भएको हो।

 

उक्त इकाइमध्ये योजना व्यवस्थापक कम्पनीलाई १.५ प्रतिशत हुने १८ लाख कित्ता र कोष प्रवर्द्धकका लागि १३.५० प्रतिशतले हुने १ करोड ६२ लाख कित्ता छुट्याइएको छ। त्यसपछि बाँकी रहने १० करोड २० लाख कित्ता सर्वसाधरणलाई बिक्री गरिने फन्डले जनाएको छ।

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल छ भने कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक छ।

अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो। इकाइ बिक्री असार २२ बाट छिटोमा २६ गते र ढिलोमा साउन ४ गतेसम्म खुला रहने छ।

यो सामुहिक लगानी कोषमा न्युनतम १०० इकाइ तथा अधिकतम १ करोड २० लाख इकाइसम्मका लागि आवेदन दिन सकिन्छ। यसको कोषमा अंकित मूल्य प्रति इकाइ १० रुपैयाँका दरले बिक्री गरिने छ।

आवेदन आवेदन फारम सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

3075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका