जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकमा दैनिक औसत ८/१० अर्ब रुपैयाँका दरले निक्षेप बढ्दै, ऋण घट्दा सीडी रेसियो ८८% मा झर्‍यो

बैंकमा दैनिक औसत ८/१० अर्ब रुपैयाँका दरले निक्षेप बढ्दै, ऋण घट्दा सीडी रेसियो ८८% मा झर्‍यो

बैंकिङ प्रणालीमा विस्तारै तरलता बढ्न थालेको छ। पछिल्ला दिन दैनिक औसत ८/१० अर्ब रुपैयाँका दरले निक्षेप थपिन थालेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाको निक्षेप एकै दिन ९ अर्बले बढेर ५० खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। यो गत आइतबारसम्मको तथ्यांक हो।

वाणिज्य बैंकहरुको मात्र निक्षेप एक दिनमा ८ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ।

ऋण भने घटिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको ऋण दुई अर्ब रुपैयाँले घटेर ४७ खर्ब ६ अर्बमा झरेको छ। यो ऋण वाणिज्य बैंकहरुको घटेको हो। बैंक ऋण ४१ खर्ब ७६ अर्बमा झरेको छ।

ऋण घट्ने र निक्षेप बढ्ने हुँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८८.६३ प्रतिशतमा झरेको छ। तर अन्तर बैंक ब्याज दर भने ७ प्रतिशत माथि नै छ।

2775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका