जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पत्रकार पुडासैनी आत्महत्या प्रकणरमा रवि लामिछाने, युवराज र अस्मिता पक्राउ

पत्रकार पुडासैनी आत्महत्या प्रकणरमा रवि लामिछाने, युवराज र अस्मिता पक्राउ

स्वर्गीय पत्रकार शालिग्राम पुडासैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरिएको भनिएको भिडियो मिडियाहरुमा भाइरल भए । त्यसको जवाफमा नेपाली प्रहरीले कसैले त्यसको किटानी जाहेरी दिएमा रवि लामिछाने तथा सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गर्ने बताएको थियो । त्यसको लगत्तै उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले लाजिम्पाटस्थित टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो।काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ। त्यसका साथै केही समय अघिमात्रै कलंकीबाट नर्स अस्मिता कार्की पनि नियन्त्रणमा लिइएको छ ।

पक्राउ तीनै जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको र उनीहरूलाई आजै चिवतन पठाउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।
पत्रकार पुडासैनीले साउन २० मा चितवनको होटल कंगारूमा आत्महत्या गरेका थिए।

पत्रकार पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई आत्महत्याका लागि विवश बनाएको बताएका थिए ।

साउन २० मा चितवनको होटल कंगारूमा आत्महत्या गरेपछि प्रहरीले मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो फरेन्सिक ल्याबबाट परीक्षण भएसँगै उनीहरूलाइ पक्राउ गरिएको हो। भिडियोको वास्तविकता, अडियो ट्रिक्स गरी भोइस ओभर गरेको कि विस्तृत विवरणसहितको प्रतिवेदन बिहीबार दिउँसो चितवन पुगेको थियो। प्रतिवेदनको निष्कर्षका अधारमा प्रहरीले रवि लामिछानेलाइ पक्राउ गरेको हो।

चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले प्रारम्भिक अनुसन्धान पहिलै पूरा गरेको हो। प्रारम्भिक अनुसन्धानबाट न्युज२४ छोडेर गएपछि शालिकराम र रविबीच मोबाइल सम्पर्क नभएको निष्कर्ष आएको थियो। रविले सामान्यतः फोन कल उठाउँदैनन्। साथीमार्फत् कुराकानी गर्छन्। यो प्रकरण सुरु भएसँगै एक हप्ता अगाडि उनले फेसबुक भिडियोबाट कल डिटेल, मेसेज चेक गर्न प्रहरीलाई चुनौती दिएका थिए।

सिधा कुरा जनतासँगका रवि र युवराजपछि यो प्रकरणसँग जोडिएकी अर्की पात्र अस्मिता कार्की हुन्। शालिकरामले कार्यक्रम छोड्ने निष्कर्षमा पुगेपछि ‘सिधाकुरा जनतासँग’कै टोली सदस्यले शालिकरामलाई डिपेन्डेन्टमा अष्ट्रेलिया पठाइदिन ती युवतीसँग भेट गराएको भिडियोमा उल्लेख छ।

पत्रकार पुडासैनीले माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि दुवैबीच खटपट सुरु भएको थियो। शालिकरामविरुद्ध अस्मिता ‘सिधाकुरा जनतासँग’ पुगेको, रवि र युवराजले आफूविरुद्ध कार्यक्रमको तयारी गरेसँगै आत्महत्या गर्न विवश भएको भिडियोमा उल्लेख छ। युवती र सिधा कुरा जनतासँगबीच सम्वाद भए नभएको बारे प्रहरी अनुसन्धान निष्कर्षमा पुगिसकेको छैन।

२०७६ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न ‘दुरुत्साहन’ गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यो कानुनअनुसार पनि ‘सिधा कुरा जनतासँग’का दुई सञ्चारकर्मी स्वतः अनुसन्धान घेरामा थिए।

हत्याको आरोप प्रमाणित भए  के हुन्छ कारबाही ?

यस प्रकरणमा मुलुकी अपराघ(संहिता)ऐन,२०७४ मा रहेको ज्यान सम्बन्धि कसुर आकर्षित हुने कानुनविद बताउछन्  ऐनको भाग मा फाैजदारी कसुरहरु अन्तर्गत परिच्छेद१२ मा ज्यान सम्बन्धि कसुरको ब्यबस्था रहेको   त्यसको धारा १८५ मा  आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख गरिएको   

उक्त दफाको उपदफा माकसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन  ‘ भन्ने उल्लेख गरिएको भने सोहिको दोस्रो उपदफामा त्यसो  कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद पचास हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख गरिएको  

9860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका