जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ग्लोबल आएमई बैंक डिबेन्चरको बिक्री खुला

ग्लोबल आएमई बैंक डिबेन्चरको बिक्री खुला

ग्लोबल आइएमइ बैंकले वार्षिक ११.५ प्रतिशत ब्याज दिने ५ अर्बको ऋणपत्र ल्याएको छ। बैंकले ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ ऋणपत्र आइतबार सार्वजनिक निष्कासन तथा बिक्री खुला गरेको हो।

परिपक्क अवधि ५ वर्ष भएको यो ऋणपत्रको आकार ५ अर्बको छ। बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। यसमा ६० प्रतिशतले हुन आउने ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र यस बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

त्यसपछि बाँकी ४० प्रतिशत अर्थात २० लाख कित्तामध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरे बाँडफाँट समेत गरिएको छ। बाँकी १ अर्ब ९३ करोड बराबरको १९ लाख ३० हजार कित्ता ऋणपत्र आइतबारदेखि सर्वसाधरणमा बिक्रीका लागि खुला गरेको हो।

ऋणपत्रको वार्षिक ब्याजजदर ११.२५ प्रतिशत छ भने प्रति इकाइ न्यूनतम मूल्य १ हजारका दरले सो ऋणपत्र बिक्री गरिने छ। यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

ऋणपत्र खरिदका लागि छिटोमा फागुन ३ गते बैकिङ समयसम्म आवेदन दिनु पर्ने छ। उक्त समय सम्म लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे ऋणपत्र निष्कासनको अवधि फागुन १४ गतेसम्म पुग्ने ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका