जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • हिमालयन जनरलले इतिहासमा नै पहिलो पटक २०० करोड प्रिमियम संकलन

हिमालयन जनरलले इतिहासमा नै पहिलो पटक २०० करोड प्रिमियम संकलन

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७९ असार २४ गतेसम्म २०० करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । उक्त कम्पनीको इतिहासमा नै पहिलो पटक २०० करोड प्रिमियम संकलन गर्न सफल भएकोमा झम्सिखेल स्थित होटल विभान्तामा एक संक्षिप्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले केक काट्नुका साथै सम्पूर्ण कर्मचारीहरुमा वधाई ज्ञापन गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कर्मचारीहरुमा बधाई तथा धन्यबाद ज्ञापन गर्दै आफू अत्यन्त उत्साहित भएको र आगामी दिनहरुमा कम्पनीलाई नेपाली बीमा बजारमा उल्लेख्य र सबल कम्पनीको रुपमा प्रस्तुत गरिने बताए ।

सो कार्यक्रममा संचालक समितिका अध्यक्ष, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

4795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका