जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फका सञ्चालक समितिका सदस्यहरूको कार्यकाल थप

रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फका सञ्चालक समितिका सदस्यहरूको कार्यकाल थप

रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फका सञ्चालक समितिका सदस्यहरूको कार्यकाल थप भएको छ । २०७५ असार ३१ मा भएको कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भइ विद्यमान संस्थापक समूहतर्फका सदस्यहरूको कार्यकाल थप गरिएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको अध्यक्षमा ताराचन्द्र केडिया छन् । यस्तै, सञ्चालकमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल र अमितकुमार बेगानी छन् ।चारै जनाको कार्यकाल २०७९ असार ३० मा सकिने कम्पनीले जनाएको छ । तर, कम्पनीको आगामी साधारणसभाले निर्वाचित भई आउने संस्थापक तर्फका सञ्चालक सदस्यहरूलाई कार्यभार हस्तान्तरण नगरून्जेलसम्मका लागि हालकै संस्थापक समूहतर्फका सञ्चालकहरूको कार्यकाल थप गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

5040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?