जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हन्ट र क्रिम बेलमा विशेष छुट

सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हन्ट र क्रिम बेलमा विशेष छुट

सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबिच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने यो सम्झौता भएको हो ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्घन गर्ने उद्देश्यले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हन्ट र क्रिम बेलसंग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहक वर्गहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सनराइज स्मार्टबाट नेपालपे स्मार्ट क्युआर स्क्यानगरि देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हन्ट/क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउनेछन् । यो योजना आगामी असार २१ गतेसम्मका लागि लागु गरिएको छ ।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका