जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • इसेवा मनि ट्रान्स्फरको उपहार योजनामा पूर्णप्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी

इसेवा मनि ट्रान्स्फरको उपहार योजनामा पूर्णप्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी

इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ । 

यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौ मध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषित भए ।

शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए ।

उपहार चाहिँ, विजेता स्वयम् स्विडेन मै रहेको हुँदा उनका प्रतिनिधिले लिएका थिए ।

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशकअजेस कोइरालाले गरे ।

असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापनभएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी’ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सरग्राइण्डर प्रदान गरिएको थियो।

हाल इसेवामनी ट्रान्सफरको सेवा, २६ अन्तराष्ट्रिय पार्टनरको माध्यमबाट संसारका २०० बढी मुलुकमा पुगिसकेको हुनाले योजनामा उल्लेखनिय सहभागिता देखिएको थियो ।

5530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका