जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान

उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफैलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्।

निवर्तमान ऊर्जामन्त्री घिसिङ यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय थिए।

उज्यालो नेपालका प्रवक्ता राजु थापाले कुलमान अब पार्टीको अध्यक्ष बनेको र यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने जानकारी दिए। उज्यालो नेपालको केन्द्रीय समिति बैठक आज शनिबार ४ बजे बस्दैछ। त्यसपछि ६ बजे पत्रकार सम्मेलन डाकिएको छ।

यसअघि कुलमानलाई पहिलो वरीयताको उपसभापति बनाउने गरी रास्वपासँग एकता गर्दा उज्यालो नेपालका तर्फबाट अध्यक्ष उपाध्यायले हस्ताक्षर गरेका थिए।

उक्त सहमति भएयता रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच निरन्तर छलफल भए पनि विभिन्न विषयमा कुरा नमिल्दा एकता नै टुटेको हो।

एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टीको नाम परिवर्तन गर्नुपर्ने पक्षमा उज्यालो नेपालका कतिपय सदस्यहरू रहेको स्रोत बताउँछ।

800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?