जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • प्रभु बैंकको नबिकेको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद आवेदन दिन पाउने

प्रभु बैंकको नबिकेको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद आवेदन दिन पाउने

प्रभु बैंकले आफ्नो संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनी शंकरलाल अग्रवालको नाममा रहेको ६८ हजार ३९ कित्ता सेयर बिक्री गर्ने जनाएको छ।

उक्त सेयर सर्वसाधरणमा बिक्री गर्न लागिएको हो। सो संस्थापक सेयर बिक्रीका लागि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकतामा राख्दै जेठ १५ गतेबाट बिक्री खुलाएको थियो।

तर विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुलाएको हो।

उक्त सेयर खरिद गर्न चाहने व्यक्ति तथा संस्थाले १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिन सक्ने बैंकले जनाएको छ ।

4700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका