जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • गभर्नर पार्टी सदस्य नभएको एमालेको स्पस्टीकरण

गभर्नर पार्टी  सदस्य नभएको एमालेको स्पस्टीकरण

नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारी नेकपा एमाले पार्टी सदस्य नभएको स्पस्टीकरण आएको छ । केहि दिनदेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमाले पार्टी सदस्य रहेको भन्दै आलोचना भइरहेको छ ।

बुधबार नेकपा एमालेले स्पस्टीकरण पत्र जारी गर्दै एम अधिकारी भन्ने व्यक्ति हालका नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको हो । उक्त पत्रमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्ने भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् । त्यस्तै शेयर बजारका लगानीकर्ताहरु समेत सडकमा राजीनामाको नारा लगाइरहेका छन् ।

 

 

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका