जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एमडीएमएस लागू गर्दा १० अर्ब राजस्व बढ्ने आकलन

एमडीएमएस लागू गर्दा १० अर्ब राजस्व बढ्ने आकलन

मोबाइल आयात व्यवस्थित बनाउन सरकारले आइतबारदेखि लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) का कारण १० अर्ब राजस्व असुली बढ्ने अनुमान गरिएको छ ।

अवैध रुपमा मोबाइल भित्रिन नदिन लागू गरिएको एमडीएमएसका कारण राजस्व असुली १० अर्बले बढ्ने देखिएको हो ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले अहिले पनि अवैधानिक रुपमा बजारमा भित्रिएका मोबाइल संख्याको ४० लाख हाराहारी रहेको बताए । एमडीएमएस लागू हुँदा १० अर्ब राजस्व बढ्ने आकलन गरिएको उनले जानकारी दिए ।

भन्सार कार्यालयले दैनिक नियन्त्रणमा लिएको मोबाइलको संख्या र त्यसबाट आएको करोडौंको राजस्वका विषयमा विश्लेषण गर्दा अबौं रकम जम्मा हुन अपेक्षा लिइएको खड्काले बताए ।

एमडीएमएस प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने र अब अवैध तरिकाले भित्राइएका मोबाइल नचल्ने भएका छन् ।

सरकारले वैदेशिक रोजगारीका लागि विदेशमा गएका नेपाली मुलुक फर्कंदा थप एउटा मोबाइल ल्याउन सक्ने व्यवस्था गरिसकेको छ । सरकारले २०७८ साउनदेखि नै यो प्रणाली लागू गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै २०७९ पुस १५ को भाका राखिएको थियो ।

तर, नयाँ सरकार बनेपछि एमडीएमएस तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका थिए ।

सरकारले वैदेशिक रोजगारीमा गएर फर्कने नेपारुको हकमा लागू हुने गरी विदेशमा बस्दा चलाउँदै आएको भन्दा थप एउटा मोबाइलका लागि भन्सार तिर्नु नपर्ने व्यवस्था गरेर एमडीएमएस लागू गरेको हो । अब विदेशमा ६ महिनाभन्दा बढी बसेर आउनेले थप एउटा मोबाइल ल्याउँदा भन्सार लाग्दैन ।

1560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका