जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • डिशहोमको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझीले पाइन् निरन्तरता

डिशहोमको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझीले पाइन् निरन्तरता

डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई थप निरन्तरता दिएको छ। ललितपुरको भैँसेपाटीस्थित डिशहोमको कर्पोरेट कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच कम्पनी र अभिनेत्री रायमाझीबीच सम्झौता नवीकरण सम्पन्न भएको हो। उक्त सम्झौतापत्रमा डिशहोमका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल र अभिनेत्री रायमाझीले हस्ताक्षर गरेका छन्।

डिशहोमले युवापुस्तामाझ लोकप्रिय, आत्मविश्वासी र आधुनिक डिजिटल जीवनशैलीको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा रायमाझीसँगको सहकार्यलाई अघि बढाएको जनाएको छ। कम्पनीका अनुसार, डिजिटल कनेक्टिभिटीलाई थप प्रभावकारी बनाउन र ग्राहकसँगको भावनात्मक सम्बन्धलाई बलियो बनाउन यो सहकार्य महत्त्वपूर्ण रहेको छ। सम्झौता नवीकरणसँगै अबका दिनमा डिशहोमका विभिन्न डिजिटल अभियान, ग्राहक केन्द्रित सेवा र मनोरञ्जनमूलक कार्यक्रमहरूमा अभिनेत्री रायमाझीको उपस्थिति रहनेछ।

सम्झौता नवीकरणपछि अभिनेत्री रायमाझीले डिशहोमसँग फेरि जोडिन पाउँदा खुसी व्यक्त गर्दै नेपाली दर्शक तथा डिजिटल सेवाका प्रयोगकर्तासँग अझ नजिक रहेर काम गर्ने अवसर मिलेकोमा विश्वास व्यक्त गरिन्। देशभर उच्च गतिको इन्टरनेट र डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले रायमाझीको लोकप्रियतालाई आफ्नो ब्रान्डको प्रवर्द्धनमा थप उपयोग गर्ने रणनीति लिएको छ।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका