जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कुन बैंकले कति दिए कर्मचारीलाई बोनस दिए,?

कुन बैंकले कति दिए कर्मचारीलाई बोनस दिए,?

बैंकिङ भित्र एउटा राम्रो ‘जोक’ छ- ‘बैंकका कर्मचारी वर्षको दुई दिन मात्र खुसी देखिन्छन्।’ साउन १ गते र साधारणसभाको दिन।

सुविधाबाट ऋण लिएका कारण तलब काटिएर आउँछ। त्यसैले उनीहरु अरुबेला खुसी हुँदैनन्।

साउन १ गते र साधारणसभा सकिएको साँझ उनीहरु खुसी हुने गरेको बैंकिङ क्षेत्रका कर्मचारीबीच ठट्टा चल्छ।

कारण, बैंकहरुले अघिल्लो वर्षको हिसाबकिताब असार मसान्तमा सक्छन्। त्यसपछि अनुमानित नाफाका आधारमा केही बोनस साउन १ गते दिन्छन्। अनि बाँकी रहेको बोनस साधारणसभा सकेपछि दिन्छन्। त्यही भएर बैंकका कर्मचारी वर्षको दुई दिन खुसी हुन्छन् भन्ने ‘जोक’ स्थापित भएको हो।

आज साउन १ मा केही बैंकले कर्मचारीलाई बोनस बाँडेका छन्। नेपाल राष्ट्र बैंकले नोक्शानी व्यवस्थापनमा कडाइ गरेपछि अधिकांश बैंकहरुले यसपाली कर्मचारीलाई दिने अग्रिम बोनस योजनालाई पछाडि सारेका छन्।

केही बैंकहरुले मात्र साउन १ गते बाँडेका छन्। अधिकांश बैंकले कर्मचारीलाई दिने बोनस पछाडि धकेलेका हुन्।

स्रोतहरुका अनुसार, सिभिल बैंकले ६ महिनाको बोनस कर्मचारीलाई दिँदैछ। कम्पनीले १ अर्ब रुपैयाँ नाफा गरेको छ।

यता मेगा बैंकले साढे २ महिनाको बोनस कर्मचारीलाई हालिदिएको छ। प्रभु बैंकले साढे एक महिनाको बाँडेको छ।

हिमालयन बैंकले ३ अर्ब ९० करोड हाराहारी सञ्चालन नाफा गरेको छ। वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकले कर्मचारीलाई बोनस दिने छ। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेका कारण हिसाबकिताब मिलाउन बाँकी रहेको भन्दै यतिबेलासम्म बाँडिसकेको छैन। पोहोर ५ महिनाको बाँडेको थियो।

कुमारीलगायतले पनि आज बोनस बाँडेका छन्। सानिमा बैंकले एक महिनाको बाँड्ने योजना बनाएको छ। ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी विदेशबाट भोलि मात्र फर्किने भएकाले टुङ्गो लागेको छैन।

2545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका